+
+

एमालेले भन्यो : सर्वोच्चको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा हो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १४:२७

२३ मंसिर, काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन न्यायाधीशहरुको दुई गुटबीचको झगडा भएको टिप्पणी गरेका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा भएको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडाको संज्ञा दिएका हुन् ।

‘अहिलेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा हो । कतिपय न्यायाधीशलाई एक जनालाई हटाए र त्यो पदमा पुग्न सकिन्छ कि भन्ने लागेको होला’ उनले भने, ‘कतिपय वरिष्ठ कानुन व्यवसायीलाई लागेको होला । अहिले तर्साउन सके गरुडको छाँयाजस्तो बनाउन सकिएला ।’

अदालतको आन्दोलनमा कतिपय राजनीतिक दलहरुले छद्मयुद्ध लडेको पनि ज्ञवालीले बताए । अहिलेको आन्दोलनबाट न्यायालय सुधार नहुने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?