+
+

त्रिवि सेवाको रोकिएका परीक्षा ७ दिनभित्र सञ्चालन गर्न अनेरास्ववियुको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १४:४७

२३ मंसिर, काठमाडौं । नेकपा एमालेको विद्यर्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको यसअघि रोकिएका परीक्षा सात दिनभित्र सञ्चालनको व्यवस्था गर्न माग गरेको छ ।

अनेरास्ववियुको त्रिभुवन विश्वविद्यालय कमिटीका इन्चार्ज मदन विष्ट र कार्यवाहक संयोजक अम्मरराज जोशीले त्रिवि सेवा आयोगका अध्यक्ष प्रा. डा. लालु पौडेललाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र सूचना प्रकाशित गरी नियमित रुपमा सेवा आयोगको परीक्षा सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

मंसिर १४ गते बसेको त्रिवि सभाले अस्थायी वा करार सेवामा रहेका शिक्षकले मात्र उपप्राध्यापकमा प्रतिस्पर्धा गर्न पाउने गरी त्रिवि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० मा संशोधन गरेको र सो व्यवस्थाले खुला प्रतिस्पर्धा निषेध गरेको भन्दै अनेरास्ववियुले विरोध जनाएको छ ।

अनेरास्ववियुले प्रतिस्पर्धाको दुनियाँमा लुटतन्त्र मच्चाउन खोज्नेहरुको दबाबमा नपर्न त्रिवि सेवा आयोगलाई आग्रह गरेको छ । खुला प्रतिस्पर्धाबाट मात्र बजारमा रहेका सक्षम, मेधावी र उत्प्रेरित शिक्षक प्राध्यापन पेशामा आउने बाटो खुल्ने र यसरी आएका शिक्षकले मात्र प्राज्ञिक उन्नयनका लागि योगदान गर्न सक्ने अनेरास्ववियुले बताएको छ ।

‘योग्यता प्रणाली तबमात्रै लागू हुन्छ जब सेवा आयोगजस्ता संस्थाले स्वतन्त्र रुपमा काम गर्न पाउँछन्’ अनेरास्ववियूले त्रिवि सेवा आयोगका अध्यक्ष पौडेललाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?