
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटनस्थल भृकुटीमण्डपमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पुगेका छन् । व्यानरसहित नेता तथा कार्यकर्ताहरु पनि भेला हुने क्रम जारी छ।
औपचारिक कार्यक्रम शुरु हुनुअघि विभिन्न समुदायका सांस्कृतिक झाँकी, व्यानरसहित नेता, कार्यकर्ता एवं शुभचिन्तकहरु भृकुटीमण्डपमा भेला हुन थालेका छन् ।
कोरोना महामारीका कारण कांग्रेसले यो पटक महाधिवेशन प्रतिनिधिबाहेक कार्यकर्ता तथा शुभचिन्तकहरुलाई महाधिवेशनमा आउन उर्दी जारी गरेको छैन ।
उदघाटन समारोहलाई कांग्रेस शीर्ष नेता, प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधिले सम्बोधन गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी चार हजार सात सय प्रतिनिधिहरुले कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4