+
+

विक्की-कट्रिनालाई बधाई दिँदै अनुष्काले लेखिन्- अब कन्स्ट्रक्सनको आवाज सुन्नुपर्ने छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १३:११

२४ मंसिर, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलले बिहीबार विवाह गरे । तीन दिनसम्मको विवाह कार्यक्रम सकेर कटिङ र विक्की मुम्बई फर्किंदैछन् ।

विक्की र कट्रिनालाई बलिउडकर्मीहरुले शुभकामना दिइरहेका छन् । तर, अभिनेत्री अनुष्का शर्माको शुभकामना भने अरुभन्दा फरक छ । अनुष्काले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तपाईंहरुको सुन्दर जोडीलाई बधाई छ । आशा गर्छु कि, तपाईंहरु दुई जनाले समझदारीका साथ जीवनलाई अगाडि बढाउनुहुनेछ । यो कुराले म निक्कै खुशी छु कि, आखिरमा तपाईंहरु वैवाहिक जीवनमा बाँधिनु नै भयो । अब, तपाईंहरु आफ्नो नयाँ घरमा आउन सक्नुहुनेछ । हामीले अब कन्स्ट्रक्सनको आवाज सुन्नुपर्ने छैन ।’

अनुष्काका अनुसार अब विक्की र कट्रिना उनको छिमेकी बन्नेछन् । विवाह अगाडि विक्कीले एक आलिशान घरको खोजी गरेका थिए । केही महिनापछि उनलाई जूहू इलाकामा आलिशान अपार्टमेन्ट मिलेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार सोही अपार्टमेन्टमा अनुष्का र विराट कोहलीको पनि घर छ ।

विक्कीले ३६ महिनाका लागि यो अपार्टमेन्ट भाडामा लिएका हुन् । जसका लागि उनले १.७५ करोड रुपैयाँ एडभान्स पनि दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment