+
+

माग सम्बोधन नभए सडकमा उत्रिने ठाकुरको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १६:०४

२४ मंसिर, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग सम्बोधन नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लोसपा अध्यक्ष ठाकुरले संविधानप्रति आफूहरुको असन्तुष्टि कायमै रहेको बताए । थरुहट-मधेस आन्दोलनका क्रममा थुप्रै नेता कार्यकर्तामाथि मुद्दा लगाएको र केही अझै पनि जेलमा समेत रहेको ठाकुरले बताए ।

लोसपाका अध्यक्ष ठाकुरले भने, ‘हामी हाम्रो समस्याको सम्बोधन चाहन्छौं । होइन भने ज्वालामुखी जस्तै विस्फोट हुन्छ, हामी फेरि सडकमा उत्रन बाध्य हुन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?