+
+

शेखरको टीममा विश्वप्रकाशलाई महामन्त्री प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते १३:२५

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने भएको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै टीम बनाएपछि वरिष्ठ नेता पौडेल सभापतिको चुनाव नलड्ने भएका छन् । अब यो समूहबाट सभापति उम्मेदवार शेखर हुनेछन् । पौडेल समूहका नेताहरु टीम बनाउन जुटेका छन् ।

यो समूहबाट एक जना महामन्त्रीको उम्मेदवारमा गगनकुमार थापा पक्का छ । तर अर्को महामन्त्रीको उम्मेदवार डा. मिनेन्द्र रिजाललाई बनाउने कि विश्वप्रकाशलाई ल्याउने भन्ने छलफलमै छ । केही नेताले विश्वप्रकाशलाई महामन्त्रीको उम्मेदवार बनाउनुपर्ने भयो भन्दै डा. रिजाललाई उपसभापति लड्न आग्रह गरेका छन् ।

तर रक्षामन्त्री समेत रहेका रिजाल त्यसमा सहमत छैनन् । यदि महामन्त्रीको उम्मेदवार नहुने हो भने पदाधिकारीको कुनै पनि पदमा नलड्ने उनको अडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment