+
+

प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते १४:४६

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । शनिबार सभापतिमा उम्मेदवारी घोषणा गरेपछि उनी आफ्ना समर्थकसहित उम्मेदवारी दर्ता गराउन भृकुटीमण्डपतर्फ गएका छन् ।

संस्थापनइतर पक्षको साझा उम्मेदवार आफूलाई बनाउनुपर्ने अडान राखेका उनले साझा उम्मेदवारमा सहमति नजुटेपछि आफ्ना समर्थनको सहयोगमा उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।

उम्मेदवारी घोषणा कार्यक्रममा उनले पार्टीलाई लोकतान्त्रिक र गतिशील पार्टीमा रुपान्तरण गर्नका लागि उम्मेदवारी दिएको बताए ।

विधिसम्मत र नियमसम्मत निर्णयहरु नगर्ने, विभाग गठन समयमा नगर्ने र जित्ने व्यक्तिलाई उम्मेदवार नबनाउने प्रवृत्तिविरुद्ध आफ्नो उम्मेदवारी रहेको पनि नेता सिंहले बताए ।

उनले कसैको प्रलोभनमा र सत्ताको प्रभावमा परेर मतदान नगर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?