
२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका छन् ।
रामचन्द्र पोडेल समूहबाट कोइरालासँगै पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् । तर पौडेल समूहका बहुसंख्यक नेताहरु शेखरको टिममा अटाएका छन् ।
कोइरालाको प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ उम्मेदवार बनेका छन् भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा छन् ।
८ सहमहामन्त्रीमा दलिततर्फबाट जीवन परियार, महिलातर्फ कमला पन्त, मधेसीतर्फ रामकृष्ण यादव, थारुतर्फ तेजुलाल चौधरी, जनजातितर्फ विकास लामा, खसआर्यतर्फ देवराज चालिसे र अल्पसंख्यकतर्फ बद्री पाण्डेले उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4