+
+

देउवाको महामन्त्री उम्मेदवारमा प्रकाशशरण महत र प्रदीप पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २५ गते १६:२८

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीको उम्मेदवार टुंगो लगाएका छन् ।

उनको टिमबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् ।

यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । महत निवर्तमान सहमहामन्त्री हुन् भने पौडेल कृष्ण सिटौला समूहका उम्मेदवार हुन् ।

संस्थापन समूहबाट टिकट नपाएपछि विश्वप्रकाश पौडेलले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका छन् । महामन्त्रीका आकांक्षीद्धय बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्र्कीले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?