+
+

माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षमा आधा दर्जन बढी आकांक्षी

जनक विष्ट जनक विष्ट
२०७८ मंसिर २६ गते ११:१६

२६ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको अध्यक्षका लागि आधा दर्जन बढी नेताहरू आकांक्षी देखिएका छन् ।

अहिलेका अध्यक्ष शरदसिंह भण्डारीसहित नरेन्द्र कुँवर, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुुर धामी, प्रदेशसभा सदस्य वीरमान चौधरी, प्रदेश सचिव नेपबहादुर चौधरी, राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी ‘उत्सव’ र हरि ज्ञवाली ‘अखण्ड’ लगायतका नेता प्रदेश अध्यक्षको आकांक्षी छन् ।

यद्यपि माओवादी नेताहरु सर्वसम्मतिबाट नयाँ नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउँछन् । ‘माथिल्लो तहका नेताहरुले अहिलेका अध्यक्ष भण्डारीको अध्यक्षतामा प्रदेश कमिटी विस्तार गरौँ भन्ने प्रस्ताव राखेका छन्’ एक नेताले भने, ‘तर दोस्रो तहका नेताहरु भण्डारीलाई सर्वसम्मत अध्यक्ष स्वीकार्ने पक्षमा छैनन् । बरु निर्वाचन प्रक्रियामा जानुुपर्छ भन्ने उहाँहरूको माग छ ।’

प्रदेश सचिव चौधरी पनि नेतृत्वका लागि आफूलाई योग्य ठानेर आकांक्षा राख्नु स्वाभाविक भएको बताउँछन् । तर अध्यक्ष तथा अन्य प्रदेश पदाधिकारीका आकांक्षीहरूले अहिले नै मुुख खोलिसकेको अवस्था भने छैन । अध्यक्षका आकांक्षीमा अधिकांश केन्द्रीय सदस्य भएकाले एक व्यक्ति, एक पदको नीति उनीहरुका लागि बाधक बन्न सक्ने विश्लेषण पनि गरिएको छ ।

केन्द्रीय सदस्य भएका व्यक्तिले प्रदेश कमिटीमा दाबी पेश गर्न नपाउने प्रावधान भएकाले त्यसलाई जोडदार रुपमा कार्यान्वयन गरिनुुपर्ने आवाज पनि उठेको नेताहरू बताउँछन् ।

सुदूरपश्चिममा कुल २२३ सदस्यीय प्रदेश समिति रहने माओवादी केन्द्रले जनाएको छ । पार्टीको अन्तरिम विधान २०७८ अनुसार बन्ने प्रदेश समितिमा अनिवार्य रुपमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाको प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था छ।

प्रदेश कमिटीमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना सचिव, तीन जना सहसचिव र एक जना कोषाध्यक्ष गरी ९ जना पदाधिकारी चयन हुनेछन् । निर्वाचित कमिटीले कुल संख्याको १० प्रतिशत मनोनयन गर्नेछ ।

शनिबार पार्टीका केन्द्रीय अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड)ले सात वटै प्रदेशको सम्मेलन एकसाथ उद्घाटन गरेका थिए । माओवादी केन्द्रका प्रदेश सचिव नेपबहादुुर चौधरीले आइतबारको बन्द सत्रमा अध्यक्ष मण्डलले पार्टीका विभिन्न प्रतिवेदन प्रस्तुुत गर्ने र नयाँ नेतृत्व चयनका लागि आवश्यक प्रक्रिया थाल्ने जानकारी दिए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?