+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

५० करोड लगानीमा बुटवलमा ड्रिम इन्टरनेसनल होटल सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते ११:२९

२६ मंसिर बुटवल । बुटवलको मिलनचोकमा ५० करोड लगानीमा यस क्षेत्रमै पहिलो बुटिक होटेलका रुपमा ड्रिम इन्टरनेसनल होटेल सञ्चालनमा आएको छ ।

करीब ५ कठ्ठा आफ्नै स्वात्विको जग्गामा नेपालीपन झल्किने गरी बनेको यो तीन तारेस्तरको होटेल हो । रुपन्देहीको मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गाेल्ड रिसाेर्ट समेत संचालन गरिरहेका व्यवसायी गोपाल रानाले एकल पारिवारिक लगानीमा ४० कोठासहितको होटेल संचालनमा ल्याएका हुन ।

होटेलमा ४ वटा स्वीट रुम र बाँकी ३६ वटा डिलक्स रुम छन् । होटेलको बाहिरी बनोट र सुविधासम्पन्न रुमहरूले युरोपियन पर्यटकलाई पनि आकर्षित गर्ने संचालक रानाले बताए । होटेलमा सय जना क्षमताको दुई वटा कन्फेरेन्स/मिटिङ हल,ग्राउण्ड फ्लोरमा फाइन डाइनिङ रेष्टुरेन्ट,माथिल्लो तलामा बार र क्याफे तथा ट्यारेस रेष्टुरेन्ट रहेका छ्न ।

कालिकापथ हाइवेको प्राइम लोकेसनमा रहेको होटलमा पर्याप्त पार्किङ स्थल रहेको उनले बताए ।

कोरोना महामारीका कारण पर्यटन क्षेत्र थला परेको अवस्थामा पनि मुलुकको आर्थिक समृद्धिको दीगो आधार पर्यटन नै हो भन्ने आत्मविश्वासका साथ बुटिक होटेलमा लगानी गरिएको रानाले बताए ।

होटेलले आफ्ना पाहुनालाई बुटवल क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय स्थलहरू जितगढी किल्ला, मणिमुकुन्द सेन उद्यान, हिलपार्क, सिद्धबाबा, रामापिथेकस पार्क, पाल्पाको रानीमहल,लुम्बिनी लगायतका स्थानमा घुमाउन र ती स्थानको पर्यटन प्रवर्द्धन गर्न टुर प्याकेज पनि सञ्चालन गर्ने योजना बनाइएको छ ।

‘निजी क्षेत्रबाट होटेल पर्यटनमा जसरी ठूलो मात्रामा लगानी भएको छ, यो लगानीको प्रतिफल प्राप्तिका लागि सरकारले पर्यटनमैत्री नीति बनाउन आवश्यक छ’ रानाले भने , ‘सरकारी कर्मचारीलाई पर्यटन विदा दिनु सकारात्मक छ, यसैगरी निजी क्षेत्रका कर्मचारीलाई पनि पर्यटन विदाको व्यवस्था गर्नुपर्ने नीति सरकारले बनाउने हो भने कोरोना महामारीले थला परेको पर्यटन व्यवसायलाई राहत हुने थियो ।’

होटलमा ६० जना बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?