+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares

डोल्पामा छायांकन सकेर काठमाडौं फर्कियो ‘बुलाकी’ टिम

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते ११:३८
फाइल तस्वीर

२६ मंसिर, काठमाडौं । चलचित्र ‘बुलाकी’को टिम डोल्पामा छायांकन सकेर काठमाडौं फर्किएको छ । कर्णाली प्रदेशको जनजीवन, रीतिरिवाज र संस्कृतिलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको यो चलचित्रको छायांकन तिहारलगत्तै डोल्पाबाट शुरु गरिएको छ । डोल्पापछि चलचित्रलाई मुगु र जाजरकोटका विभिन्न स्थानमा खिचिएको थियो ।

मोती बिष्टको प्रस्तुति र गोपाल बिष्टको लगानी रहेको ‘बुलाकी’ चलचित्रको निर्देशक लक्ष्मण सुनार हुन् । यो चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त, बिराज बिष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सरस्वती खत्री, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइबा, सोनु सेढाईं, धनबहादुर राई, कमल गाउँले, अमित परियार लगायतका कलाकारको अभिनय छ ।

छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’लाई शिव ढकालले खिचेका हुन् । चलचित्रमा गोविन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?