+
+

कांग्रेस महाधिवेशनमा को कसले लिए उम्मेदवारी फिर्ता ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १४:५३

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय समितिको विभिन्न पदमा उम्मेदवारी दिएका ५६ जनाले मनोनयन फिर्ता लिएका छन् ।

पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका ५४ जनाले आइतबार मनोनयन फिर्ता लिएका हुन् । शनिबार उम्मेदवारी दर्ता गरेकाहरुलाई शनिबार दिउँसो साढे १२ बजेसम्म मनोनयन फिर्ताको समय दिइएको थियो ।

उक्त समयमा सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्‍मेदवारी दिएका सुरेन्द्र चौधरीले उम्मेदवारी फिर्ता लिए । न्यौपानेले शेखर कोइरालालाई समर्थन गरे भने चौधरीले शेरबहादुर देउवा प्यानलका सहमहामन्त्रीलाई समर्थन गरे ।

उम्मेदवारी फिर्ता लिने ५४ केन्द्रीय सदस्य भने विभिन्न क्लस्टरका छन् । उम्मेदवारी फिर्ता लिनेको सूची हेर्नुहोस् ।

फिर्ता लिनेहरुमा जंगीलाल राय (प्रदेश-२), सञ्जयकुमार राय यादव (मधेशी), गोविन्दबहादुर बोहरा (सुदूरपश्‍चिम), मीनबहादुर विश्वकर्मा (दलित), सीताराम महतो (मधेशी), जुनाकुमारी दानी (खसआर्य), दीपक अधिकारी (खसआर्य), भीमार्जन आचार्य (खुल्ला), इन्दिरा थापा (प्रदेश-१), गणेशकुमार मण्डल (मधेशी), बीना पौडेल (महिला) रहेका छन् ।

त्यस्तै भक्तबहादुर बलायर, माया राना (जनजाति), गोपीलाल विक (दलित), मीनाकुमारी थापा (महिला),विष्णु पौडेल (खसआर्य), अनु गुरूङ (जनजाति), शकुन्तला थापा (महिला), महेशकुमार कर्मैचा (आदिवासी जनजाति), सिंहबहादुर राना (जनजाति), संगीता मण्डल (खुल्ला), सीता पौडेल (प्रेदश-१), कमलप्रसाद भुसाल (लुम्बिनी प्रदेश), उमेश कुमार बस्‍नेत (खसआर्य)ले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेहरुमा माधवप्रसाद आचार्य (लुम्बीनी प्रदेश), केशवप्रसाद चन्द (सुदूरपश्चिम प्रदेश), विमल धमला, निरबहादुर विक (दलित) राजुराज जोशी (बागमती प्रदेश) गजेन्द्रबहादुर हमाल (लुम्बlनी प्रदेश), रवीन्द्रमान श्रेष्ठ (खुल्ला), दामोदर भुसाल (खुल्ला), हरिमोहन भण्डारी (खसआर्य), गणेशबहादुर खत्री (अपाङ्ग), लोकप्रसाद संग्रौला (खस आर्य), महेश नेपाली (दलित), बाला अधिकारी (खुल्ला) रहेका छन् ।

मुरारीप्रसाद आचार्य (खुल्ला), डा. खगेन्द्र पाण्डव अधिकारी (खुल्ला), देवराज भट्टराई (अपाङ्ग), टेकनारायण महतो (थारु), राजेन्द्र जैसवाल (मधेशी), पार्वती शाह (खसआर्य), इस्तियाक मोहमद खाँ, वीरबल राई (प्रदेश-१), केशव थापा (खुल्ला), माया क्षेत्री बराल कार्की (खसआर्य)ले पनि उम्मेदवारी फिर्ता लिएक छन् ।

भूमिप्रसाद राजवंशी (आदिवासी जनजाति), प्रकाश महर्जन (आदिवासी जनजाति), रोहित विश्‍वकर्मा (दलित), टेकनारायण पाण्डे (अपाङ्ग), देवीप्रसाद चौधरी (थारु), उत्तमप्रसाद चापागाई (खुल्ला), युवराज गुरूङ (आदिवासी जनजाति), तिलप्रसाद सुब्बा (जनजाति) र राजेन्द्रबहादुर गोर्खाली (राजु) खुल्लाबाट उम्‍मेदवारी फिर्ता लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?