+
+

मुक्तिनाथ विकास बैंकको १८.५० प्रतिशत लाभांश पारित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १५:०९

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको १५ औं वार्षिक साधरण सभा शनिबार सम्पन्न भएको छ ।

उक्त साधारण सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन, आव २०७८/७९ को लागि लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको छ ।

साधरण सभाले आव ०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई १८.५० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त लाभांश मध्ये १७.५७५ प्रतिशत बोनस शेयर रहने छ भने बाँकी कर प्रयोजनका लागि नगद लाभांश हुनेछ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा आफ्नो धारणा राखेका थिए ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न मुक्तिनाथ विकास बैंकको एटीएम कार्ड प्रयोग गरी देशभर रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट नगद झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?