+
+
Shares

सर्लाहीबाट १६८ किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १७:५९

२६ मंसिर, जनकपुरधाम। सर्लाही सदरमुकाम मलगंवाबाट १ सय ६८ किलो लागूऔषध गाँजा बेवारिसे अवस्थामा फेला परेको छ ।

मलगंवा नगरपालिका ८ स्थित शान्ति टोलमा ६ वटा पोकामा उक्त गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल बिओपी मलंगवाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले शनिबार राति ११ बजेतिर बेवारिसे अवस्थामा राखिएको उक्त गाँजा फेला पारेको गिरीले बताए ।

गाँजा फेला परेको सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?