
२६ मंसिर, काठमाडौं । नेकपा एमालेले विभागीय प्रमुखहरु टुंग्याएको छ । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकले विभागीय प्रमुख टुंग्याएको हो ।
पदाधिकारीमध्ये अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई भने कुनै विभागीय जिम्मेवारी तोकिएको छैन । ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठान बनाएर त्यसको प्रमुखको जिम्मेवारी दिइएको छ । स्कुल विभाग प्रमुखको जिम्मेवारी भने प्रदीप ज्ञवालीलाई दिइएको छ ।
युवराज ज्ञवालीलाई स्थानीय तह, प्रदेश र संघको समन्वय प्रमुखको जिम्मेवारी दिइएको छ । अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय विभाग, रामबहादुर थापा बादललाई राष्ट्रिय सुरक्षा, विष्णु पौडेललाई पार्टी संगठन अनुगमनको जिम्मेवारी दिइएको छ ।
सुवास नेम्वाङलाई संसदीय मामिला र सुरेन्द्र पाण्डेलाई राजकीय मामिलाको जिम्मेवारी दिइएको छ । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, लेखा विभाग विष्णु रिमाल र योगेश भट्टराईलाई स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी दिइएको छ । संगठन विभाग प्रमुख खगराज अधिकारी बनेका छन् ।
कार्यालय सचिवको जिम्मेवारी भीष्म अधिकारीलाई दिइएको छ ।
प्रतिक्रिया 4