+
+

सहमहामन्त्रीमा रञ्जितले फिर्ता लिए उम्मेदवारी, रामकृष्णलाई समर्थन गर्ने 

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते २१:४२

२६ मंसिर, जनकपुरधाम । नेपाली कांग्रेसको जारी महाधिवेशनमा मधेशीतर्फ सह-महामन्त्रीका उम्मेदवार रञ्जित कर्णले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

आइतबार साँझ कर्णले उम्मेदवारी फिर्ता लिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् । डा. शेखर कोइराला प्यानलका मधेशीतर्फको सह महामन्त्रीका उम्मेदवार रामकृष्ण यादवलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताएका छन् ।

उम्मेदवारी फिर्ता लिने समय आइतबार बिहान साढे १२ बजेसम्म तोकिएको थियो । तर, कर्णले साँझ उम्मेदवारी फिर्ता लिएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?