
२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी सीता देवी देवकोटा पाण्डेले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् ।
उम्मेदवारी फिर्ता लिने समय आइतबार मध्याह्नसम्मको समय थियो । तर उनले मतदान हुने दिन सोमबार बिहान मात्रै उम्मेदवारी फिर्ता लिएको बताएकी छन् ।
निर्वाचन समितिलाई पत्र लेख्दै देवकोटाले ढिला गरी उम्मेदवारी फिर्ता लिएकोमा क्षमा मागेकी छन् ।
देवकोटाले नवलपुर क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4