+
+

शशांक भन्छन् : मलाई दुवै गुटले मन पराएका छन्

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते ११:०७

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफूले कुनै गुटको प्रतिनिधित्व नगर्ने बताएका छन् । रामचन्द्र पौडेल समूहमा रहेका उनी सभापतिका आकांक्षी थिए, तर साझा उम्मेदवारका लागि दाबी छाडे । यो समूहबाट साझा उम्मेदवार बन्न सकेन ।

प्रकाशमान सिंहले छुट्टै उम्मेदवार दिएका छन् भने शेखर कोइरालाको नेतृत्वमा प्यानल बनेको छ । यो प्यानलले शशांकलाई केन्द्रीय सदस्यको सूचीमा राखेको छ । तर सोमबार मतदान स्थलमा भेटिएका निवर्तमान महामन्त्री डा. कोइरालाले आफूले कुनै पनि गुटको प्रतिनिधित्व नगर्ने बताए ।

‘म कुनै गुटलाई प्रतिनिधित्व गर्दिनँ,’ उनले भने, ‘म त चाहन्छु कांग्रेस एक होस् । त्यसेले दुवै गुटले मलाई मन पराएको छ जस्तो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?