+
+

माओवादीले प्रदेश १ मा प्रदेश कमिटी सदस्य टुङ्गो लगायो, पदाधिकारीमा विवाद

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १२:३९

२७ मंसिर, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को प्रथम अधिवेशनबाट २५९ जना प्रदेश कमिटी सदस्यको टुङ्गो लागेको छ । सोमबार बिहान २५९ सदस्यको टुङ्गो लागेको हो । सदस्यको नाम टुङ्गो लागे पनि आकांक्षी बढी भएका कारण पदाधिकारी छनोटमा विवाद छ ।

शनिबारबार सुरु प्रदेश अधिवेशन आइतबार बेलुका सक्ने कार्यसूची थियो । तर प्रदेश कमिटीमा जाने आकांक्षी धेरै भएपछि अधिवेशन लम्बिएको हो ।

सदस्यका आकांक्षी धेरै भएका कारण निर्वाचत समितिले निर्वाचनको तयारी थालेको थियो । तर केन्द्रीय सदस्यहरूको बैठकले सहमतीका आधारमा सदस्यको नाम टुङ्गो लगाएको माओवादी केन्द्रका नेता नेता इन्द्रबहादुर आङ्बोले बताए । उनका अनुसार अध्यक्ष र पदाधिकारीको टुङ्गो कार्यसमितिले टुङ्गो लगाउनेछ ।

प्रदेश अध्यक्षका लागि सुरेशकुमार राई हिमाल, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र सुदन किरातीको नाम चर्चामा थियो ।

पछिल्लो समय मुख्य दाबेदारको रुपमा आङ्बो र राई छन् । अध्यक्षसहित पदाधिकारीको टुङ्गो लगाउन नेताहरू छलफलमा छन् । सहमतिका लागि भन्दै माओवादी केन्द्रका नेताहरूछलफलमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?