+
+

अष्ट्रेलिया र दक्षिण कोरियाबीच ऐतिहासिक रक्षा सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १६:३६

२७ मंसिर, काठमाडौं । दक्षिण कोरिया र अष्ट्रेलियाले एउटा ऐतिहासिक रक्षा सम्झौता गरेका छन् । सोमबार दुवै मुलुकले १ अर्ब अष्ट्रेलियन डलर बराबरको रक्षा सम्झौता गरेका हुन् ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनको ४ दिने अष्ट्रेलिया भ्रमणका क्रममा ७१७ मिलियन अमेरिकी डलर बराबरको रक्षा सम्झौता गरिएको अल जजिराले जनाएको हो । कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षको अवसर पारी मुन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

दक्षिण कोरिया र अष्ट्रेलियाबीच भएको उक्त सम्झौता ऐतिहासिक र हालसम्मकै ठूलो हो । उक्त सम्झौतामा दक्षिण कोरियाको रक्षा कम्पनी हानवाले अष्ट्रेलियाको सेनालाई आर्टिलरी, आपूर्ति बाहन र रडार उपलब्ध गराउने छ ।

चीनसँग अष्ट्रेलियाको तनाव बढिरहेका बेला भएको रक्षा सम्झौता अनुसार अष्ट्रेलियामा हानवाको एक शाखा खोल्ने र ३ सय जनाका लागि रोजगारी सिर्जना हुने प्रधानमन्त्री मोरिसनको भनाइ छ । सम्झौताले अष्ट्रेलियाको रक्षा इतिहासमा नयाँ अध्याय थपेको पनि मोरिसनले बताए ।

त्यस्तै, अष्ट्रेलियाका रक्षा मन्त्री पिटर डटनले दक्षिण कोरियासँगको रक्षा सम्झौताले आफ्नो सेनाको आधुनिकीकरण गर्न सघाउने भन्दै एसिया-प्रशान्त क्षेत्रलाई सुरक्षित राख्न आफूहरू तयार रहेको बताए ।

यसैबीच, मुनले आफ्नो अष्ट्रेलिया भ्रमण दक्षिण कोरियाको राष्ट्रिय हित र यो क्षेत्रमा शान्ति एवं समृद्धिका लागि महत्वपूर्ण भएको बताएका छन् । तर उत्तर कोरियासँगको शान्तिका लागि चीनसँगको सम्बन्ध महत्वपूर्ण रहेको पनि उनको भनाइ थियो ।

‘यही कारण दक्षिण कोरियाले अमेरिका र चीन दुबै मुलुकसँगको निरन्तर सम्बन्धलाई जोड दिन्छ’, मुनले भने, ‘हामी सन्तुलित सम्बन्ध चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?