+
+

मंगलबार हङकङ जाने यात्रु ६ घण्टाअघि नै विमानस्थल पुग्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १४:१०
फाइल तस्वीर

२७ मंसिर, काठमाडौं । मंगलबार काठमाडौंबाट हङकङ जाने यात्रु तोकिएको उडान समयभन्दा ६ घण्टा अगाडि नै अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल पुग्नुपर्ने भएको छ ।

हङकङले तोकेको शर्त पूरा गरी उडान गर्नुपर्ने भएकाले तोकिएको उडान समयभन्दा ६ घण्टा अगाडि नै विमानस्थल पुग्न नेपाल एयरलाइन्सले यात्रुलाई आह्वान गरेको छ ।

त्रिभुवन विमानस्थलमै यात्रु स्वय‌ंले शुल्क तिरि पीसीआर परीक्षण गर्नुपर्ने भएकाले ६ घण्टा अगाडि नै विमानस्थल पुग्न भनिएको कम्पनीले जनाएको छ ।

विमानस्थलभित्र गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएपछि मात्र चेकइन काउन्टरमा जान दिइने प्रावधान छ । विमानस्थलभित्र गरिएको रिर्पोट नेगेटिभ आएका यात्रुले मात्र निगमको उडानमा जान पाउने छन् ।

प्रस्थान अगाडि ६ घण्टा भित्रको पीसीआर रिपोर्ट मान्य हुने गरी शर्त तोकिएका कारण यात्रुलाई यस्तो नियम लागु भएको कम्पनीको भनाइ छ । विमानस्थलमा रहेका जुनसुकै ल्यावमा गरिएको परीक्षण मान्य हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?