+
+

कांग्रेस महाधिवेशन : सभापति जित्न २३४० मत चाहिने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते ०:१९

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा जम्मा ४ हजार ६७९ मत खसेको छ ।

आइतबार मध्यान्ह सुरु भएको मतदान राति पौने १२ बजेतिर मात्र सकिएको थियो । महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधि थिए, जसमध्ये ६४ जनाले मतदान नगरेको मुख्य सचिव कृष्ण पौडेलले बताए ।

राति १ बजेदेखि सभापतिका उम्मेदवारहरुले पाएको मतको गणना सुरु गर्ने निर्वाचन समितिको तयारी छ ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?