+
+

देउवा र कोइरालालाई प्रकाशमानको जवाफ- साथीहरुसँग सल्लाह गरेर निर्णय दिन्छु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १०:०४

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि नेताहरु छलफलमा व्यस्त छन् ।

पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका प्रकाशमान सिंहलाई आफ्नो पक्षतिर तान्न शेरबहादुर देउवा र शेखर कोइरालाले प्रयास जारी राखेका छन् ।

देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायर प्रकाशमानसँग छलफल गरेर चाक्सीबारीबाट फर्किएका छन् । उनीहरुलगत्तै शेखर कोइरालाले पनि प्रकाशमानलाई भेटेका छन् । विमलेन्द्र निधिले पनि सिंहसँग टेलिफोन कुराकानी गरेका थिए ।

यी नेताहरुसँगको कुराकानीमा प्रकाशमानले साथीहरुसँग सल्लाह गरेर निर्णय दिने बताएको उनी निकट स्रोतले बतायो ।

सिंह पनि सभापतिका उम्मेदवार थिए । तेस्रो स्थानमा रहेका उनले ३७१ मात्र भोट पाए । चौथो स्थानमा रहेका विमलेन्द्र निधिले पनि २४९ मत पाएका छन् ।

अब दोस्रो चरणको निर्वाचनमा २२५८ मत ल्याएका देउवा र १७४९ मत पाएका शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । यो अवस्थामा देउवालाई सिंह वा निधिमध्ये एकको समर्थन भए पुग्छ । जबकी शेखरलाई दुबैको समर्थन चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?