+
+

‘स्पाइडर म्यानः नो वे होम’को आक्रामक बुकिङ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते ११:३७

२८ मंसिर, काठमाडौं । रिलिजको पाँच दिन अगाडि नै बुकिङ खुल्ला गरिएको हलिउड चलचित्र ‘स्पाइडर म्यानः नो वे होम’को नेपाली हलमा आक्रामक बुकिङ देखिएको छ ।

यो चलचित्र पुस २ गते अर्थात् डिसेम्बर १७ देखि प्रदर्शन हुँदैछ । यो चलचित्रलाई देशकै ठूलो क्यूएफएक्स चेनले ५७ शो उपलब्ध गराएको छ । जसमा चलचित्रको आक्रामक बुकिङ काठमाडौं, ललितपुर र भक्तपुरको हलमा देखिएको छ ।

शुक्रबारका लागि मंगलबार बिहानसम्म काठमाडौंको छायाँ सेन्टरमा ९ शोमा नै आक्रामक बुकिङ छ । यस्तै काठमाडौंको सिभिल मल र ललितपुरको लबिम मलमा पनि आक्रामक बुकिङ छ । यस्तै, मोफसलमा पनि यो चलचित्रका लागि दर्शकको व्यग्र प्रतीक्षा देखिएको छ । यी बाहेक अन्य हलमा पनि चलचित्रको बुकिङ सुखद् छ ।

नेपालमा मात्र नभएर भारतमा पनि चलचित्रको आक्रामक बुकिङ भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतको पीभीआर चेनमा ३ घण्टामै ५० हजार टिकट बिक्री भएको थियो । यस्तै, पीभीआरमा बुकिङ खुलेको १४ घण्टामा १ लाख टिकट बिक्री भएको र पीभीआरको अनलाइन बुकिङ नै अवरुद्ध हुन पुगेको थियो ।

‘स्पाइडर म्यानः नो वे होम’ले उच्च शो पाउने भएपछि पुस २ गतेबाटै रिलिज हुन लागेको साउथ चलचित्र ‘पुष्पा’ले नेपालमा अब कम शो पाउने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?