+
+

कर्णालीमा माओवादीको नेतृत्व चयनमा सकस, सदस्यकै टुङ्गो लागेन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १२:२४

२८ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)लाई पार्टी नेतृत्व चयन गर्न सकस भएको छ । शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रदेश सम्मेलनले प्रदेश समिटी सदस्य नै टुङ्गो लगाउन सकेको छैन् ।

माओवादीले कर्णाली प्रदेशमा २११ जनाको प्रदेश कमिटी चयन गर्नुपर्ने छ । नेतृत्वमा ३५ प्रतिशत महिला र २५ प्रतिशत दलित सहभागिता सुनिश्चित गर्नुपर्ने भएकाले नेतृत्व चयनमा सकस भएको माओवादी केन्द्रका एक केन्द्रीय सदस्य बताए ।

‘अहिलेसम्म २११ को टुङ्गो लगाउनै महाभारत भएको छ । विधानको नयाँ व्यवस्था छ, माओवादीलाई त्यो अनुभव छैन् । समावेशी सिद्धान्त मिलाउनै सकस भएको छ,’ ती केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने ।

माओवादीको विधानअनुसार २० प्रतिशत युवा र पाँच प्रतिशत अल्पसंख्यक पनि पुर्‍याउ नै पर्ने व्यवस्था छ । जसले गर्दा हिसाब मिलाउन सकस भएको नेताहरू बताउँछन् ।

शनिबारदेखि सुरु प्रदेश अधिवेशन आइतबार बेलुका सक्ने कार्यसूची थियो । आकांक्षीहरूले आ-आˆनो अडान नछाडेपछि प्रदेश कमिटी गठनमा अप्ठ्यारो भएको हो । यसले गर्दा दुई दिनका लागि तय भएको सम्मेलनसमेत लम्बिदै गएको छ ।

आज (मंगलवार) पुनः नेतृत्व चयनको प्रयास थालिने भएको छ । आज बिहानैदेखि प्रदेशस्थित शीर्ष नेताहरू छलफलमा जुटेका छन् । अध्यक्षका लागि मात्रै तीनजना नेताहरू प्रतिस्पर्धामा छन् ।

प्रदेश अध्यक्षमा राजकुमार शर्मा, महेन्ऽबहादुर शाही र विमला केसीको दाबी छ । त्यस्तै, सचिवमा रामदीप आचार्य र कृष्ण जिसीले दावी गर्दै आएका छन् ।

माओवादीको मंसिर २५ र २६ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट सात वटै प्रदेश अधिवेशनको २५ गते एकैसाथ उद्घाटन गरेका थिए ।

माओवादीले प्रत्येक पालिकाबाट एक-एक जना रहने गरी प्रतिनिधि छनोट गरेको छ । भूगोलसँगै समावेशी प्रतिनिधित्व पनि गराएर प्रतिनिधि छानिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?