+
+

आज गीता जयन्ती

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १३:०६

२८ मंसिर, काठमाडौं । सनातन धर्मको मुख्य धार्मिक ग्रन्थ गीता रचना भएको दिनको स्मरणमा मंगलबार गीता जयन्ती मनाइँदैछ । महाभारत युद्धको समयमा विष्णुका आठौं अवतारको रुपमा रहेका श्रीकृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा दिएको संग्रहित ज्ञानलाई श्रीमद् भागवत गीताको रुपमा चिनिन्छ ।

यसमा मान्छेलाई मुक्तिको लागि कर्मयोग, ज्ञान योग र भक्तियोगको बाटो देखाइएको छ । अहिले पनि व्यावहारिक ज्ञानको संगालोको रुपमा मानिने यो पुस्तक अहिलेसम्म विश्वका ८० वटाभन्दा धेरै भाषामा अनुवाद भइसकेको छ ।

केही वर्षदेखि यो महत्वपूर्ण शास्त्र गीता लोप नहोस् भन्नको लागि पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी यही दिन गीता जयन्ती मनाउने गरिन्छ । श्रीमद्भागवत गीता महाभारत युद्धसँग सम्बन्धित छ । महाभारत युद्धको समय यकिन भइसकेको छैन । धर्मशास्त्र अनुसार पाँच हजार १२९ वर्षअघि महाभारत युद्ध भएको मानिन्छ भने पुरातात्विक प्रमाण अनुसार आजभन्दा २८००-३००० वर्ष पहिले महाभारत युद्ध भएको भेटिन्छ ।

कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश सुनाएका थिए । त्यसबेला कौरवका ११ अक्षयोनी सेना थिए भने पाण्डवका सात अक्षयोनी सेना थिए । भगवान् कृष्ण पाण्डवका पक्षमा थिए । अर्जुनको सारथीका रुपमा, कौरवका पक्षमा हजुरबा भीष्मपितामह नै सेनापति देखेपछि अर्जुनले युद्ध गर्ने विषयमा शंका गरेपछि विश्वस्त बनाउन उपदेशका रुपमा गीता सुनाइएको धार्मिक मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?