+
+

रुविनाको प्रश्न- म कसरी अनलक्की हिरोइन ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १४:१३
रुविना थापा । फाइल तस्वीर

२८ मंसिर, काठमाडौं । नायिका रुविना थापाले अभिनय गरेका दुईवटा चलचित्र नै असफल भए । उनको डेब्यु चलचित्र ‘लभ डायरिज’ र दोस्रो चलचित्र ‘डाँडाको वरपीपल’ले बक्स अफिसमा ‘सुपर फ्लप’ भएपछि उनको चलचित्र यात्रा कसरी अगाडि बढ्ने हो भन्ने प्रश्न सोझिएको छ ।

दुई चलचित्र असफल भएपनि उनको कामको चर्चा भने भएको छ । काम राम्रो गरेर पनि चलचित्र असफल भएकाले उनलाई मिडियाले ‘अनलक्की हिरोइन’ भन्ने गरेका छन् ।

तर, रुविना भने आफूलाई ‘अनलक्की’ हिरोइन भन्न रुचाउँदिनन् । चलचित्र ‘म’ घोषणा कार्यक्रममा सञ्चारकर्मीसँग उनले भनिन्, ‘मलाई हिरोइन भन्दा पनि कलाकार भएर दर्शकले चिन्नुभयो भने खुशी हुन्छु । मैले आजसम्म जम्मा दुईवटा चलचित्रमा मात्र काम गरेकी छु । मेरो कामलाई दर्शकले चिन्नु भएको छ । अब अनलक्की कुन हिसाबले भन्ने ?’

उनले अगाडि भनिन्, ‘मेरो कर्मथलो नै यही हो । मैले काम पनि पाइरहेकी छु । यसैले अनलक्की र लक्की भन्ने कुरा नै आउँदैन । म काम आउञ्जेलसम्म गर्छु ।’ रुविनाले आफूले मिहिनेत गर्न नछाड्ने पनि बताइन् । कुनै पनि कुरामा गम्भीर भएर लाग्ने आफ्नो बानी रहेको उनको भनाइ छ ।

रुविना आफूले एकपछि अर्को चलचित्रमा देशका चर्चित कलाकारहरुसँग काम गर्न पाएकोमा खुशी व्यक्त गर्छिन् । ‘डाँडाको वरपीपलमा पनि मैले सिनियर कलाकारहरुसँग काम गर्न पाएकी थिएँ,’ उनले भनिन्, ‘अब तेस्रो चलचित्र ‘म’मा पनि मैले सिनियर कलाकारहरुसँग काम गर्न पाएकी छु । यस अर्थमा म भाग्यमानी कलाकार हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?