+
+

क्लासिक टेकद्वारा टच्योन वान जीबीपीएस इन्टरनेट सेवा शुभारम्मको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते १६:४२

काठमाडौं । क्लासिक टेकले नेक्स्ट जेनेरेशनको प्रविधि वाइफाइ ६ को साथमा टच्योन वान जीबीपीएस इन्टरनेट सेवा शुभारम्म गर्ने तयारी गरेको छ ।

नेपालमै पहिलो पटक वाइफाइ ६ का साथमा टच्योन वान जीबीपीएस इन्टरनेट प्रविधि भित्र्याउन अन्तिम परीक्षण भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त प्रविधिमा वाइफाइ ६ अन्तर्गत स्मार्ट कनेक्टिभिटी, बिमफर्मिङ, एमयू-मिमो लगायतका सुविधाहरू रहने छन् ।

सो प्रविधि अवलम्बन गरे पश्चात ग्राहकहरूले हाइ स्पिड इन्टरनेट प्रयोग गर्न सक्षम रहने कम्पनीको दावी छ । वाइफाइ ६ प्रविधि अन्तर्गत इन्टरनेटको स्पिड ३ जीबीपीएस सम्म रहनेछ ।

पहिलो चरणमा क्लासिक टेकले वान जीबीपीएससम्मको ब्यान्डविथमा अन्तिम परीक्षण भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसले कुनै विशेष डिभाइसमा वाइफाइ केन्द्रित गर्ने हुनाले बिना झन्झट प्रयोगकर्ताहरूले इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछन् ।

कम्पनीका अनुसार वाइफाइ ६ ले प्रयोगकर्ताहरूलाई मल्टिपल वायरलेस राउटरहरूबाट इन्टरनेट प्राप्त गर्न सम्भव हुने र यसले धेरै-प्रयोगकर्ता, धेरै-इनपुट, धेरै-आउटपुट प्रविधी हुनाले वाइफाइ राउटरलाई एकै साथ धेरै उपकरणहरूसँग समन्वय गर्न सम्भव रहनेछ । जसका कारण कुनै सिग्नलका लागि पर्खनु पर्ने समय घटाउँछ र वाइफाइ नेटवर्कको गति तीब्र बनाउने कम्पनीको भनाइ छ ।

वाइफाइ ६ पश्चात क्लासिक टेकले नेपालमा हाल प्रयोग भइरहेका ड्युअल ब्याण्डका राउटरहरू विस्थापित गराइ नेपालभर ट्राइ-ब्रान्ड राउटरहरू प्रयोगमा ल्याउने कम्पनीले बताएको छ । ट्राइ-ब्यान्डमा एउटा २.४ गिगाहर्ज ब्यान्ड र दुई वटा ५ गिगाहर्ज ब्यान्डहरू गरी तिनवटा अलग अलग सिग्नल ब्यान्डहरूको कारण इन्टरनेट प्रयोगकर्ताहरूले थप उपकरणहरू जडान नगरिकनै हाइ स्पिड इन्टरनेट प्रयोग गर्न सक्षम रहने बताइएको छ । यो प्रविधि पश्चात ग्रहकहरूलाई बिना झन्झट, उच्च गतीको इन्टनेरट सेवा प्रदान गर्न क्लासिक टेक सक्षम रहने क्म्पनीले विश्वास लिएको छ ।

ग्रहकहरूमाझ नयाँ प्रविधि भित्र्याएर गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्तपर रहेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?