
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइराला दोस्रो चरणमा पराजित भएका छन् । उनलाई ९०७ मतान्तरले हराउँदै शेरबहादुर देउवा पुनः सभापति निर्वाचित भएका छन् ।
तर दोस्रो चरणमा पनि शेखरले आफ्नो मत भने बढाएका छन् ।
पहिलो चरणमा कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले मतदान गरेका थिए । देउवाले २२५८ मत पाउँदा कोइरालाले १७०२ पाए । अर्थात कोइरालाले ३६.३८ प्रतिशत मत पाए ।
दोस्रो चरणमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गरेका कारण कोइरालाको हार निश्चित जस्तै थियो । तर उनले प्रतिस्पर्धा रोजे ।
दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्यो । २७३३ मत पाएर देउवा सभापति निर्वाचित भए भने कोइरालाले १८५५ मत पाए । अर्थात उनले ४०.१३ प्रतिशत मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4