+
+

कांग्रेसका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना शुरू गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते ६:५०

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना बुधबारबाट शुरु हुने भएको छ । मतपेटिकाहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बाँकी मतगणना बुधबार अपरान्हदेखि शुरू हुने जानकारी दिए । शुरूमा पदाधिकारीको मतगणाना थाल्ने तयारी छ । पुस ५ गते भित्र सबै मत परिणाम सार्वजनिक भइसक्ने उनले बताए ।

नेपाली कांग्रेसको सभापति पदमा भने शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।

गत २४ गतेबाट शुरु भएको कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि २७ गते मतदान भएको थियो । पहिलो चरणको निर्वाचनमा सभापति पदका पाँच प्रतिस्पर्धीमध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याएका दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच मंगलबार पुनः दोस्रो चरणको निर्वाचन भएको थियो ।

दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका छन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खस्दा देउवाले २ हजार ७३३ मत पाए भने कोइरालाले १ हजार ८५५ मत पाए । ३५ मत भने बदर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?