+
+

एमालेका मनोनीत ४४ केन्द्रीय सदस्यहरूको शपथग्रहण आज

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते ८:२५

२९ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज हुँदै छ । बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनीत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?