+
+

सुदूरपश्चिमका ४२ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते ९:५५

२९ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेशका ४२ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप पाएका छन् ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी सुुपरभाइजर निरीक्षक जयन्द्र बोगटीले हालसम्म ९ वटै जिल्लाका ४२ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको जानकारी दिए ।

बोगटीका अनुसार १८ वर्षमाथिका ५५ प्रतिशत प्रदेशवासीले खोपको पहिलो मात्रा लगाउँदा ४२ प्रतिशतले मात्रै दुवै डोज पाएका हुन् ।

प्रदेशमा खोप अभियानअन्तरगत ७ जिल्लामा मोडना खोप र अन्य दुई जिल्लामा फाइजर लगाउने तयारी भइरहेको छ ।

कञ्चनपुरसहितका ६ पहाडी जिल्लाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई लाख ११ हजार डोज मोडना खोप धनगढी पठाएको छ । कञ्चनपुरका लागि ६३ हजार ३४६ डोज, अछामका लागि ३४ हजार ३२८ डोज, बैतडीका लागि ३१ हजार ६३९ डोज खोप आएको फार्मेसी सुुपरभाइजर निरीक्षक बोगटीले बताए ।

डोटीका लागि २५ हजार २७५ डोज, बझाङका लागि २४ हजार २० डोज, बाजुराका लागि १६ हजार ८४३ डोज र दार्चुलाका लागि १५ हजार ५७९ डोज खोप पठाइएको उनले बताए । संघीय सरकारले पठाएको खोप बुुधबार धनगढी आइपुग्ने र बुुधबारदेखि नै जिल्लालाई वितरण गरिने प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले जनाएको छ ।

कैलाली र डडेल्धुराका लागि भने संघीय सरकारले नै फाइजर खोप पठाउनेछ । दुवै जिल्लामा अगामी पुस दोस्रो सातादेखि खोप अभियान सञ्चालन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?