
२९ मंसिर, काठमाडौं। हङकङको एक शपिङ सेन्टरमा आगो लागेको छ । आगलागी भएको भवनमा कैयौं मानिस फसेको स्थानीय समाचार माध्यमले जनाएका छन् ।
बुधबार अपरान्ह साढे १२ बजेतिर हङकङको वर्ल्ड ट्रेड सेन्टरमा आगो लागेको हो । उक्त शपिङ सेन्टरको माथिल्लो भागमा ३ सयभन्दा बढी मानिस फसेको समाचारमा उल्लेख छ । पछिल्लो विवरण अनुसार कम्तिमा चार जना मानिस घाइते भएका छन् ।
इलेक्ट्रिकल स्विच रुमबाट सुरु भएको आगो शपिङ सेन्टरको अन्य भागमा समेत सल्किएको छ । सिटिजन न्युजले एक प्रहरी अधिकारीलाई उदृत गर्दै भवनको छतमा ३५० जना मानिस फसेको र पाँचौ तलामा १ सय मानिस उद्वारको पर्खाइमा रहेको जनाएको छ ।
हङकङ फ्री प्रेसका अनुसार शपिङ सेन्टरमा हाल आगलागी भइरहेको र अग्निनियन्त्रकले आपतकालीन भर्याङमार्फत् भवनमा फसिरहेका मानिसलाई उद्दार गर्ने प्रयास गरिरहेका छन् । समाचारअनुसार हालसम्म १५० जना मानिसलाई ३८ तले भवनबाट सुरक्षित स्थानमा सारिएको छ ।
प्रतिक्रिया 4