+
+

वास्तुअनुसार घरको भर्‍याङ कहाँ, कस्तो बनाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १४:१९

२९ मंसिर, काठमाडौं । घरको भर्‍याङ बनाउँदै हुनुहुन्छ ? अन्य अन्योलसँगै घरमा भर्‍याङ कता राख्ने भन्ने विषय पनि धेरैलाई टाउको दुखाइको विषय बन्न सक्छ । भर्‍याङ घरको अभिन्न अंग हो । बालबालिका र वृद्धवृद्धाको लागिसमेत अनुकूल हुने घरको भर्‍याङ कसरी बनाउने त ? यस विषयमा वास्तुविद् लैला श्रेष्ठसँग अनलाइनखबरले कुराकानी गरेको थियो । घर र त्यसमा राखिने भर्‍याङ राख्दा ध्यान दिनुपर्ने कुरा श्रेष्ठकै शब्दमा :

भर्‍याङ घरको अभिन्न भाग हो । त्यसैले घर बनाउने बेलामा यसको भर्‍याङ कता राख्ने, कता झ्याल/ढोका राख्ने ? जस्ता विषय महत्वपूर्ण हुन्छन् । अहिले घर बनाउँदा वास्तुशास्त्रमा उल्लेखित विषयलाई पनि ध्यान दिने गरिन्छ । त्यसैले घरको जुनसुकै भाग बनाउने बेलामा पनि वास्तु शास्त्रमा उल्लेख भएको कुरालाई ध्यान दिनुपर्छ । त्यसैले वास्तुअनुसार घरको भर्‍याङ बनाउँदा जहिले पनि घडीको आकारमा अर्थात् बायाँबाट दायाँतर्फ मोडिने वा त्यसरी हिँड्ने खालको बनाउनुपर्छ । घडीको आकारमा हिँड्दा हामीमा विशेषखाले ऊर्जा मिल्छ भन्ने मान्यता छ ।

अर्को कुरा भर्‍याङ बनाउँदा हिँड्न सजिलो खालको बनाउनुपर्छ । त्यसको लागि खुड्किलाहरु बीचको दूरी निश्चित हुनुपर्छ । भर्‍याङ बनाउँदा ५/७ वटा खुड्किला चढेपछि ल्याण्डिङ (एकछिन थकाइ मार्ने ठाउँ) बनाउनुपर्छ । सामान्यतया भर्‍याङ घरको मध्यभागमा राख्नु उचित हुन्छ । तर घरको मूल ढोकाबाट सम्मुखमा वा नजिकै पनि पहिलो भर्‍याङ राख्नु राम्रो हुन्छ । साथै, भर्‍याङमा पनि प्रकाशको उचित व्यवस्था गर्नुपर्छ । त्यसैले बाहिरको प्रकाश छिर्ने ठाउँमा भर्‍याङ बनाउनु उचित हुन्छ ।

भर्‍याङ घरको कुन दिशामा उपयुक्त हुन्छ भन्ने महत्वपूर्ण कुरा हो । वास्तु विज्ञान अनुसार यो पश्चिम–दक्षिणी भेगमा राख्दा राम्रो हुन्छ । साथै, घरको उचाइको आधारमा भर्‍याङको उचाइ वा स्टेप (तह) तय गरिन्छ । तर भर्‍याङको सिँढी भने बिजोरी राख्नुपर्ने मान्यता छ ।

अहिले घरको भर्‍याङ मुनि बाँकी रहेको खाली भागमा शौचालय बनाउने चलन पनि पाइन्छ । थोरै जग्गामा घर बनाउनेहरुमा ठाउँको व्यवस्थापन गर्न कठिन हुने भएपछि यस्तो गर्ने गरेको पाइए पनि सम्भव भएसम्म भर्‍याङको मुनि शौचालय राख्नु उचित हुँदैन । सुरक्षा र सुन्दरताको हिसाबले पनि यो उचित हुँदैन ।

र्‍याङ काठको बनाउने कि सिमेन्टमार्बलको ?

भर्‍याङ कुन ठाउँमा घर बनाउने भन्नेमा निर्भर हुन्छ । जस्तो जाडो ठाउँमा घर बनाउने हो भने काठको भर्‍याङ बनाउनुपर्छ । भर्‍याङ बनाउँदा दुवैतिर रेलिङ राख्नु उचित हुन्छ । गर्मी ठाउँमा घर बनाउँदा मार्बलको भर्‍याङ पनि उचित हुन्छ । हिजोआज दुवैलाई मिसाएर प्रयोग गर्ने चलन पनि देखिन्छ ।  यस्तो भर्‍याङ बनाउँदा खुड्किलो ७ इन्चसम्म अग्लो हुनु राम्रो हुन्छ । यो बालबालिका तथा वृद्धवृद्धाको लागि कम उचाइको पनि बनाउन सकिन्छ । यस्तो खुड्किलो १० इन्ची चौडाइसम्मको बनाउन सकिन्छ । बुढापाका तथा बच्चाको लागि सहज बनाउने हो भने ७ इन्चको भर्‍याङको दुई खुड्किलाबीचको उचाइलाई ६ इन्चसम्म बनाउन सकिन्छ । यसको चौडाइलाई १० बाट बढाएर ११ इन्चसम्म बनाउन सकिन्छ ।

कतिपयको सौख नै भर्‍याङ आसपासको भित्तामा फोटो, इन्डोर प्लान्ट आदि राख्ने हुन्छ । यो पनि वास्तुको हिसाबले एवं सुन्दरताको हिसाबले पनि उचित कुरा हो । तर भर्‍याङमा नाघेर हिडिँने भएकाले त्यहाँ पुस्तक नराख्नु राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?