+
+

अखिल नेपाल लेखक संघको अध्यक्षमा धनप्रसाद सुवेदी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १८:२३

२७ मंसिर, काठमाडौं । अखिल नेपाल लेखक संघको अध्यक्षमा डा. धनप्रसाद सुवेदी निर्वाचित भएका छन् । बुधबार पेरिसडाँडामा सम्पन्न संघको तेस्रो राष्ट्रिय सम्मेलनबाट सुवेदीको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो ।

संघको उपाध्यक्षमा स्वप्नील स्मृति, केशवलोचन शर्मा, सुमित्रा वाङ्देल ‘चेली’ र रामहरि श्रेष्ठ चयन भएका छन्  । यस्तै महासचिवमा नारायण मरासिनी, सचिवहरूमा कौशिला रिसाल, जीत अधिकारी, लोक लामा, पञ्चकुमारी परियार तथा कोषाध्यक्षमा प्रकाश तिवारी निर्वाचित भएका छन् ।

अखिल नेपाल लेखक संघ नेकपा माओवादी केन्द्र निकट साहित्यकारहरूको संगठन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?