+
+

धनगढीमा जसपाको प्रदेश कार्यालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १८:५४

२९ मंसिर, धनगढी । जनता समाजवादी पार्टी (जसपा)ले धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना गरेको छ ।

धनगढी उपमहानगरपालिका–२ स्थित मिलन चोकमा जसपाले पार्टी कार्यालयमा उद्घाटन गरिएको छ । जनता समाजवादी पार्टीकी कार्यकारिणी सदस्य एवं संगठन शुद्धिकरण अभियान सुदूरपश्चिम संयोजक दुर्गा सोबले पार्टी कार्यालयको उद्घाटन गरिन् ।

नेतृ सोबले मुलुकमा आर्थिक समृद्धिका लागि जनता समाजवादी पार्टी वैकल्पिक शक्तिका रुपमा उदाएको बताइन् । उनले नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीबाट मुलुकमा विकास र समृद्धि नहुने भन्दै पार्टीलाई सुदृढ गर्दै देश विकासमा जुट्ने जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?