
२९ मंसिर, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को २७ औं दीक्षान्त समारोह सम्पन्न गरेको छ । विश्वविद्यालयले दीक्षान्त समारोहमा एक हजार ४४९ जना विद्यार्थीलाई दीक्षित गरेको छ ।
समारोहमा विश्वविद्यालयका विभिन्न विधाका विद्यार्थी दीक्षित भएका हुन् । २०७८ मंसिर ३ गतेसम्म स्नातक उपाधि हासिल गरेका विद्यार्थीलाई केयूले दीक्षित गरेको जनाएको छ ।
दीक्षित हुनेमा स्कुल अफ आर्टसका २३४, स्कुल अफ एजुकेशनका १०४, स्कुल अफ इन्जिनियरिङका २९, स्कुल अफ ल का ४०, स्कुल अफ म्यानेजमेन्टका ४१९, स्कुल अफ मेडिकल साइन्सेजका ५८१ र स्कुल अफ साइन्सका ४२ विद्यार्थी दीक्षित भएका थिए ।
साथै, यस वर्ष आर्टस्, एजुकेशन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विषयका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका हुन् ।
यसैगरी विभिन्न देशबाट पढ्न आएका १२३ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।
प्रतिक्रिया 4