+
+

कांग्रेस सहमहामन्त्रीमा जीवन परियार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते २२:२८

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणनामा मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै जीवन निर्वाचित भएका हुन् ।

डा. शेखर कोइरालाको प्यानलका उम्मेदवार बनेका उनले २२१२ मत पाएका छन् भने सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा सुनारको मत २३२ छ ।

कुल खसेको ४६९५ मत मध्‍ये ७५ मत भने बदर भएको थियो ।

कांग्रेसको सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे निर्वाचित भएका छन् । यसैगरी सहमहामन्त्री (महिलातर्फ) डिना उपाध्याय निर्वाचित भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?