+
+

कांग्रेस सहमहामन्त्रीमा आङदेम्बे निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते २२:११

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे निर्वाचित भएका छन् ।

बिहीबार सकिएको मतगणनामा विकास लामालाई ७९८ मतान्तरले पराजित गर्दै आङदेम्बे निर्वाचित भएका हुन् । कुल ४६८१ मत खसेकोमा

सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका आङदेम्बेले २७११ मत पाएका छन् भने डा. शेखर कोइरालाको प्यानलका उम्मेदवार विकास लामाले  १९१३ मत पाएका छन् ।

कांग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । यसैगरी सहमहामन्त्री (महिलातर्फ) डिना उपाध्याय निर्वाचित भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?