+
+

राजेश हमाल भन्छन्- अभिनय र कलाको पिता बनिरहेको छु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १२:३४
अभिनेता राजेश हमाल र ‘साथी मार्ट’का फाउण्डर तथा सीईओ सागर पोखरेल

२ पुस, काठमाडौं । अभिनेता राजेश हमाललाई विवाहपछि सञ्चारकर्मीले सबैभन्दा धेरै सोध्ने प्रश्न हो- सन्तानको पिता कहिले बन्ने ? राजेशले यो प्रश्नको सधैं एउटै जवाफ दिँदै आइरहेका छन्, ‘कोशिश जारी छ ।’

बिहीबार ‘साथी मार्ट’को ब्राण्ड एम्बेस्डर नियुक्त भएका अभिनेता राजेश हमालले सञ्चारकर्मीको यो प्रश्नमा केही फरक जवाफ दिए । उनले भने, ‘पिता त म पिता नै हुँ, तर कलाकारिताको पिता बनिरहेको छु ।’ राजेशले आफ्नो अभिनय र कला नै आफ्नो सन्तान भएको जवाफ दिए ।

बिहीबार आयोजना भएको कार्यक्रममा ‘साथी मार्ट’का फाउण्डर तथा सीईओ सागर पोखरेल र हमालबीच सम्झौता भएको हो । सम्झौतापछि सीईओ सागरले भने, ‘रिटेल व्यवसायको एउटा ब्राण्डले चलचित्र क्षेत्रको एउटा ब्राण्डसँग सहकार्य गर्न पाउनु खुशीको कुरा हो । नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको रिटेल व्यवसायको बजार छ भन्ने सन्देश दिनका लागि पनि राजेश हमालको माध्यमबाट ठूलो सहयोग पुग्छ भन्ने हामीले विश्वास लिएका छौं ।’

अभिनेता राजेश हमालले सार्वजनिक व्यक्ति भएपछि कुनै उत्पादन र कम्पनीमा जोडिँदा त्यसको विश्वसनीयता र उद्देश्य के हो भन्ने कुराले महत्व राख्ने बताए ।’ साथी मार्टको काँकडभिट्टाबाट जिरीसम्म सात दर्जन बढी आउटलेट रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा सञ्चारकर्मीसँग रमाइलो कुरा गर्दै राजेशले नायिका निरुता सिंहको अभिनयबाट प्रभावित भएको बताए । तपाई करिश्मा मानन्धर र निरुता सिंहमध्ये कुन नायिका रोज्नुहुन्छ भन्ने प्रश्नमा हमालले भने, ‘अभिनयको हिसाबले हो भने म निरुताजीलाई रोज्छु ।’

यस्तै राजेशले नायकद्वय शिव श्रेष्ठ र भुवन केसीमध्ये शिवलाई रोजे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?