+
+

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ सावधिक बिमा योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १८:१०

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ सावधिक बिमा योजना ल्याएको छ ।

बीमित वर्गको आयश्रोत, वचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै ‘जीवन श्री सावधिक अमृत बिमालेख’ नामक नयाँ सावधिक बिमा योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनीकी अध्यक्ष प्रेमा सिंहले सो बिमालेखको शुभारम्भ गरेकी थिइन् ।

कम्पनीका अनुसार बिमाको अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बिमांकको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयश्रोतको रुपमा उपलब्ध हुने यस बिमालेखबाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बिमांक रकम र आर्जित बोनसले आफू र आफ प्रति आश्रित व्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने छ । यसरी यस बिमालेखबाट बीमितको अतिरिक्त आयश्रोत सुनिश्चित हुने र सँगसँगै बचत र सुरक्षा पनि उपलब्ध हुनेछ ।

आफ्नो आयश्रोत अनुसार रु. ५० हजारदेखि माथि सम्मको बिमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भए पनि परिवारजनलाई एक मुष्ठ बिमांक रबोवोनस प्राप्त हुने कम्पनीले जनाएको छ ।

यस बिमालेखमा ऋण सुविधा समेत रहेकोले बीमितको तरलताको व्यवस्थापनमा योगदान पुग्ने विश्वास कम्पनीको छ । मुनाफामा सहभागी हुने यस बिमालेखबाट बीमितलाई आकर्षक प्रतिफल समेत प्राप्त हुने कम्पनीको दावी छ ।

जोखिम वहन पनि हुने र वचत पनि हुने यस बिमा योजनावाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?