
२ पुस, सप्तरी । सप्तरी कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक बन्दीको शुक्रबार मृत्यु भएको छ ।
सुनसरीको दुहबी नगरपालिका-४ का ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको मृत्यु भएको हो । कागजात किर्ते गरी ठगीसम्बन्धी मुद्दामा ०७५ साउन १७ गतेदेखि उनी थुनामा थिए ।
शुक्रबार बिहान अस्वस्थ्य भएपछि उनलाई उपचारका लागि राजविराजस्थित निजी क्लिनिकमा लगिएको थियो । बेन्चमा बसेको बखत बेहोस भएका उनलाई थप उपचारका लागि तत्कालै गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । अस्पतालको आकस्मिक कक्षमा उपचारकै क्रममा उनको मृत्यु भएको कारागारका निमित्त जेलर सन्दीप देवले बताए ।
उपचारमा संलग्न चिकित्सकहरुले उनको मृत्यु हृदयघातबाट भएको जानकारी आफूले पाएको जेलर देवले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4