+
+

भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा बालकको मृत्यु, ५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३ गते ७:०४

३ पुस, धनगढी । भारतमा नेपाली मजदुर चढेको बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बिहीबार धनगढीको कालिका मष्टामण्डली टुर एण्ड ट्राभल्सबाट टिकट लिएका ५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी०३३०पी१३७५ नम्बरो बस  पलियामा दुर्घटना भएको हो ।

दुर्घटनमा चार वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा परेर अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय विष्णु थापाको मृत्यु भएको हो । अन्य पाँच जना घाइते छन् ।

घाइतेहरूको भारतमै उपचार भइरहेको छ भने मृतकको शव पनि भारतमै छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?