+
+

कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३ गते ११:२१

३ पुस, काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना पनि सुरु भएको छ ।

१४औँ महाधिवेशनअन्तर्ग खुला केन्द्रीय सदस्यका लागि सोमबार भएको मतदानको मत गणना आज ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । १० ठाउँमा मत गणना सुरु गरिएको निर्वाचनि समितिले जनाएको छ ।

३५ जना खुला केन्द्रीय सदस्य पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।

पार्टीका अन्य सबै पदाधिकारीको मतगणना शुक्रबार नै सम्पन्न भइसकेको छ । अन्य कलस्टरका केन्द्रीय सदस्यको मत गणना पनि सकिएको छ ।

सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?