+
+

तेक्वान्दोको राष्ट्रिय टिम तयारी संयोजकमा गिरी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३ गते १५:२६

३ पुस, काठमाडौं । काठमाडौं । नेपाल तेक्वान्दो संघले सिनियर राष्ट्रिय टीम तयारी उपसमितिको संयोजकमा केन्द्रीय सदस्य राम गिरीलाई संयोजक तोकेको छ ।

संघको हालै सम्पन्न बैठकले लामो समयदेखि तेक्वान्दो प्रशिक्षणमा क्रियाशील गिरीलाई राष्ट्रिय टीम तयारी उपसमिति संयोजक तोकेको हो । समितिको अध्यक्षमा हरिश्वर पोखरेल र सदस्यहरुमा कासिम मियाँ धोबी, सुनील राजकर्णिकार, कुमार लामा घिसिङ, रामचन्द्र श्रेष्ठ र राजन उप्रेती छन् ।

यसैगरी जुनियर राष्ट्रिय टिम तयारी उपसमितिको संयोजकको जिम्मा कुमार लामा घिसिङले पाएका छन् । सदस्यमा टीकादत्त दाहाल र विकेश बिडारी सदस्य छन् । राष्ट्रिय पुम्से टीम तयारीको संयोजक सुनील राजकर्णिकार तोकिएका छन् ।

राष्ट्रिय पारा टिम तयारी उपसमितिको संयोजकको जिम्मेवारी कासिम मियाँ धोबीलाई दिइएको छ । रामचन्द्र श्रेष्ठ र राजन उप्रेती सदस्य छन् ।

यसैगरी संघका उपाध्यक्ष भानबहादुर चन्दको संयोजकत्वमा प्रतियोगिता व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा द्वारिका खयरगोली, सन्तोष बुढाथोकी र मनिष जोशी सदस्य छन् ।

ग्योरोगी प्रतियोगिता व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी भने द्वारिका खयरगोलीले पाएका छन् । उपसमितिमा सागर अमात्य र सञ्जीव फुयाँल सदस्य छन् । यस्तै सन्तोष बुढाथोकीको संयोजकत्वमा पुम्से प्रतियोगिता व्यवस्थापन समिति गठन गरिएको छ । उपसमितिमा बलराम कार्की र केशव थापा सदस्य छन् ।

यस्तै राष्ट्रिय डेमोस्ट्रेसन उपसमिति सदस्यमा मदन गिरी र श्याम थापा चयन भएका छन् भने संयोजक छनोट हुन बाँकी छ । खेलाडी छनोट उपसमितिको संयोजकको जिम्मेवारी मनिष जोशीले पाएका छन् ।

भौतिक पूर्वाधार विकास व्यवस्थापन समितिको संयोजक संघका उपाध्यक्ष सञ्जीव रेग्मी छन् । समितिमा रवि थापा र दीपेन्द्रबहादुर चन्द सदस्य छन् । प्राविधिक प्रशिक्षण व्यवस्था समितिको संयोजकको जिम्मेवारी भने उपाध्यक्ष नन्दकुमार राईले पाएका छन् । सदस्यमा सुमन पराजुली छन् ।

यसैगरी संगठन विकास तथा महिला सशक्तिकरण समितिको अध्यक्ष भने दिलबहादुर वली छन् । समितिमा प्रदेश १ बाट विजय न्यौपाने, प्रदेश २ बाट गुरुप्रसाद गौतम, बागमती प्रदेशबाट मणिराज विष्ट, गण्डकी प्रदेशबाट मदन केसी, सुदूरपश्चिम प्रदेशबाट साम्राज्यविक्रम पाण्डेलाई सदस्य चयन गरिएको छ । यसैगरी महिला सशक्तिकरण समितिकी संयोजक नन्दा बस्याल पनि यो समितिको सदस्य छिन् ।

ग्योरोगीको निर्णायक समितिको संयोजकमा कोशिस खड्का छन् । यस्तै सदस्यमा अर्जुनभक्त राई, अशोक खड्का र विश्वराज राई छन् । यसैगरी पुम्से निर्णायक उपसमितिको संयोजकको जिम्मेवारी भने केन्द्रीय सदस्य बब्लु सिवाकोटीले पाएका छन् । उपसमितिमा सुमन घले सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?