+
+
कांग्रेस खुला सदस्य मत परिणाम :

२३९३ मत गणना हुँदा नेविसंघ अध्यक्ष ३५ भित्र परे, गणेश लामा आउट

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते ९:११

४ पुस, काठमाडौं । शनिबारदेखि सुरु भएको नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी छ । ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित गर्न भएकोमा निर्वाचनमा हालसमम २३९३ मत गणना भएको छ ।

सार्वजनिक भएको मत परिणाम अनुसार सुरुदेखि नै पूर्वमहामन्त्रीसमेत रहेका डाक्टर शशांक कोइराला १९७१ मतका साथ पहिलो स्थानमा छन् । १५३८ मतका साथ एनपी साउँद दोस्रो स्थानमा छन् भने तेस्रो स्थानका बालकृष्ण खाँणले १५०३ मत पाएका छन् ।

यस्तै रमेश लेखक १४५१ र उदयशमशेर राणा १४४५ मतका साथ चौथो र पाँचौ स्थानमा रहेका छन् ।

३५ भित्र नेपाल विद्यार्थी संघका नेताहरू कुन्दन काफ्ले, राजीव ढुंगानाका साथै राप्रपाबाट आएका सुनिल थापासमेत परेका छन् । गणेश लामा भने ३६औं स्थानमा झरेका छन् ।

३५ खुला सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा छन् ।

२३९३ मत गन्दा को-को परे ३५ मा ?

१) डा.शशांक कोइराला-१९७१
२) एनपी साउद-१५३८
३) बालकृष्ण खाँण-१५०७
४) रमेश लेखक-१४५१
५) उदय शमशेर राणा -१४४५
६) शंकर भण्डारी-१४३७
७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३
८) रामहरि खतिवडा-१३९५
९) अर्जुननरसिंह केसी- १३८३
१०) गोपालमान श्रेष्ठ -१३२३
११) जिप छिरिङ्ग लामा-१३१२
१२) जीतजङ्ग बस्नेत-१२८३
१३) नैनसिंह महर-१२८३
१४) डा.रामशरण महत-१२८१
१५) गोविन्द भट्टराई-१२७७
१६)सुनिलबहादुर थापा-१२४६
१७) बल बहादुर केसी-१२३३
१८) दिलेन्द्र प्रसाद बडू-१२३१
१९) मोहनबहादुर बस्नेत-१२०२
२०) दीपक गिरी-११७४
२१) सुरेन्द्रराज पाण्डे-११५१
२२) कुन्दनराज काफ्ले-११४३
२३) पद्मनारायण चौधरी-११३७
२४) गुरु बराल-१०३६
२५) सञ्जयकुमार गौतम-१००१
२६) गोविन्द राज पोखरेल-९६२
२७) गोपाल दहित-९३१
२८) राजीव ढुंगाना-९३५
२९) कृष्णकिशोर घिमिरे ९२९
३०) दिनेश कोइराला -९२५
३१) वीरेन्द्रकुमार कनौडिया-९१९
३२) ई. मोहन आचार्य-९१३
३३) अजयबाबु शिवाकोटी- ९०९
३४) मदनबहादुर अमात्य- ९०८
३५) उमेशजंग रायमाझी-८९१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?