+
+

समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते ९:३४
फाइल तस्वीर

४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ बन्ने बताएका छन् । समुदायको पहिचान सहितको समृद्धि नै राष्ट्रको उन्नति भएको पनि उनले बताए ।

किरात समुदायको पर्व उधौली तथा नेवाः समुदायले मनाउने योमरी पुन्हिका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रचण्डले सो कुरा बताएका हुन् । ‘सबै समुदायको हक, अधिकार र पहिचानले नै नेपाली राष्ट्रियता सदृढ हुन्छ । समुदायको पहिचान सहितको समृद्धि नै राष्ट्रको उन्नति हो’, शुभकामना सन्देश मार्फत् प्रचण्डले भनेका छन् ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्ष र माओवादीको नेतृत्वदायी भूमिकाका कारणले मात्र उपेक्षित क्षेत्र तथा उत्पीडित समुदायको पहिचान र अधिकारको प्रत्याभूति भएको पनि प्रचण्डले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति हो । यही सांस्कृतिक विविधता सहितको सहिष्णुता नै नेपाली समाजको एकता हो ।’

मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको भन्दै प्रचण्डले यी पर्वहरुले सम्पूर्ण नेपाली जनसमुदायमा आपसी सद्भाव र सहअस्तित्वको भावना विकास गरुन् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?