+
+

धार्मिक ग्रन्थको अपमान गर्न खोजेको भन्दै मन्दिरभित्रै हत्या

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १२:५३

४ पुस, काठमाडौं। भारतको अमृतसरस्थित सिख धर्मावलम्बीहरूको पवित्र स्थल स्वर्ण मन्दिरमा एक व्यक्तिको हत्या भएको छ ।

शनिबार स्वर्ण मन्दिरमा प्रवेश गरी सिख धर्मको पवित्र ग्रन्थको अपमान गर्न खोजेको आरोपमा एक व्यक्तिको हत्या भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

प्रहरीका अनुसार धार्मिक पुस्तक गुरु ग्रन्थ साहिबको अपमान गर्न खोजेको भन्दै २४-२५ वर्षका एक युवाको कुटी-कुटी हत्या गरिएको हो।

हत्या भएका युवा उत्तर प्रदेशका बासिन्दा रहेको समाचारमा उल्लेख छ । ती युवाले गुरु ग्रन्थ साहिब राखेको मन्दिरको गर्भगृहभित्र प्रवेश गरी तरवार उठाउन खोज्दा उपस्थित सुरक्षा गार्ड र भक्तजनले उनलाई नियन्त्रणमा लिएका थिए ।

घटनास्थलमा प्रहरी आउनुपूर्व नै आक्रोशित भीडले निर्ममतापूर्वक कुट्दा उनको मृत्यु भएको थियो । हाल घटनाको छानबिन सुरु गरिएको छ । आगामी फेब्रुअरी-मार्चमा हुन गइरहेको पञ्जाब विधानसभा चुनावपूर्व भएको उक्त घटनाको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसहित कैयौंले निन्दा गरेका छन्।

‘आज श्री दरबार साहिबमा भएको घटना निकै दु:खदायी छ । सबै मानिस स्तब्ध भएका छन्’, केजरीवालले भने, ‘यो निकै ठूलो षडयन्त्र हुन सक्छ । दोषीलाई कडाभन्दा कडा कारबाही होस् ।’

त्यस्तै, पञ्जाबमा मुख्यमन्त्री चरनजित सिंह चन्नीले घटनाको निन्दा गर्दै घटना घटाउनुको भित्री उद्देश्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

विपक्षी अकाली दलका सांसद बलविन्दर भुन्डरले समेत पञ्जाबलाई कमजोर बनाउन शनिबारको घटना जानीजानी घटाइएको बताए । ‘विगत ५ वर्षदेखि केही मानिसले यसलाई राजनीतिक खेल बनाइरहेका छन्’, उनले भने । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?