+
+

बाँदरझुलाका सुकुम्बासी काठमाडौंमा, लालपुर्जा माग्दै प्रदर्शन

लामो समयदेखि बाँदरझुलामा बसोबास गर्दै आएका उनीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि काठमाडौंमै आएर प्रदर्शन गर्नु परेको बाँदरझुला संघर्ष समितिका जगराम प्रजाले अनलाइनखबरलाई जानकारी दिए ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ पुष ४ गते १९:२०

४ पुस, काठमाडौं । लालपूर्जा पाउनु पर्ने माग राखेर चितवनको बाँदरझुलाका स्थानीयहरु काठमाडौं आएर प्रदर्शन गरेका छन् ।

लामो समयदेखि बाँदरझुलामा बसोबास गर्दै आएका उनीहरुले अहिलेसम्म लालपूर्जा नपाएपछि काठमाडौंमै आएर प्रदर्शन गर्नु परेको बाँदरझुला संघर्ष समितिका जगराम प्रजाले अनलाइनखबरलाई जानकारी दिए ।

बाँदरझुला सुकुम्बासी बस्तीको व्यवस्थापन गर, हामीलाई हाम्रो जमिनको लालपूर्जा दे, धर्ती आकाश साझा हो, बाँदरझुलालाई न्याय खै?,  लगायत लेखिएको प्लेकार्ड तथा व्यानार बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले माइतीघर मण्डलाबाट बानेश्वरस्थित संसद भवन अगाडिसम्म र्‍याली गरेका थिए ।
आफूहरुको माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा आजैबाट अनिश्चितकालीन रिले अनशन शुरु गर्ने प्रजाले बताए ।

०४७ कात्तिक २२ गतेदेखि विभिन्न जिल्लाका सुकुम्बासी नागरिकहरु बाँदरझुलामा बस्दै आएपनि सरकारले सुकुम्बासीको व्यवस्थापनमा चासो नदेखाएपछि आफूहरु बाध्य भएर काठमाडौंमै आएर प्रदर्शनमा उत्रिनु परेको उनको भनाइ छ ।

लामो समयदेखि आफूहरुले उपभोग गर्दै आएको जमीनको लालपूर्जा नभएकै कारण चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाहरुबाट आफूहरुले सास्ती भोग्दै आउनु परेको उनको गुनासो छ ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?